सही र सत्य सूचना प्रवाह गर्न सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नुपर्छ : मन्त्री श्रेष्ठ

384

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सही र सत्य सूचना प्रवाह गर्ने दायित्व पूरा गर्न सञ्चार जगत जिम्मेवार बन्नु पर्ने बताएकी छन् ।

प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको आइतबार भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले विकास र सुधारका साझा सवालमा विषय कसले उठायो भन्ने नहेरी राम्रा कामका लागि संयुक्त प्रयासमा अगाडि बढ्नु पर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले रेडियो नेपाललगायतका सरकारी सञ्चार माध्यमले संविधान अनुसार ऐन, कानुन र नियमावलीहरु समय सापेक्ष बनाउनुपर्नेमा पनि जोड दिइन् ।

मन्त्री श्रेष्ठले सरकारी सञ्चार माध्यम पूर्वाग्राही बन्न नहुने भन्दै निष्पक्ष भएर सही सूचना प्रवाह गर्ने भूमिका निर्वाह गर्न प्रतिबद्ध भएर लाग्नु पर्ने बताइन् ।

उनले प्रशारण पहुँचमा वृद्धि, गुणस्तरीय विषयवस्तु प्रशारण र मर्यादित पत्रकारिताको विकास गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...