कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले १४ मंसिरमा विश्वासको मत लिने

442

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए ।

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रीमण्डलको पूर्णता दिन सकेका छैनन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ मा धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेशप्रमुख परियारले मंसिर १४ गते प्रदेशसभा बैठक बोलाएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...