राष्ट्रहित र जनहितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

444

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनु परेको समस्या, हलीया र कमैया कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको भन्दै तल्ला स्तरमा रहेका जनताको संविधानमा व्यवस्था भएको अधिकार स्थापित गर्न आफू लागिरहेको बताइन्।

उनले पत्रकारजगतले सही सूचना सम्प्रेषण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव ल्याउने भन्दै अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेकाले जनतालाई सही सूचना संप्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन समेत आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान विरोधी तत्वले अझै पनि संविधान मास्न बल गरिरहेकोले त्यसलाई पूरा हुन नदिन यस अघि जस्तै गरी सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोड समेत दिइन् ।

“प्रतिगामी तत्वले अहिले संविधान मास्न खोजिरहेका छन्, संविधानमाथि पटक–पटक हमाला गरिरहेका छन्, जनताको सार्वभौम थलो प्रतिनिधि सभा विघटन गरेर दुई–दुई पटक संविधानलाई मृत शय्यामा पुर्याउने काम भयो यस्तो समयमा पत्रकारले आफ्नो विवेक नगुमाई काम गरेको र देशका सबै पक्ष लागेका कारण संविधान विरोधी तत्वलाई पछाडि धकेल्न सफल भयौँ, तर थोरै ठाउँ पाउदा फेरि पनि संविधान विरोधी तत्व अगाडि आउन सक्छ, त्यसकारण जनतालाई सही सूचना दिन सक्यौँ भने हामी फेरि पनि जित्ने छौँ,” उनले भनिन् ।

उनले संविधान अनुसार सेना, प्रहरी, प्रशासन र न्यायलयमाथि अग्रगामी पुनरसंरचना गर्न नसेका कारण सोचे जसरी काम गर्न समस्या थपिएको भन्दै यसले संघीयताको कार्यान्वयनमा समेत थप चुनौती थपिरहेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...