ओमप्रकाश अर्यालले भने, ‘न्यायालय बचाउँन पहिलो सहिद बन्न तयार छु’

258

काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा हतियारसहितका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । आफूहरुलाई धम्क्याउन एसएलआर बोकेको ‘स्पेसल टास्क फोर्स’ परिचालन गरे पनि त्यस्ता धम्कीले कुनै असर नगर्ने बताए ।

नेपाल बार एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले घोच्ने काम भएको भन्दै उनले न्यायालय बचाउनका लागि आफू मर्नसमेत तयार रहेको बताएका छन् ।

उनले भने,“अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न ल्याइएको हो ? चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर, न्यायपालिका बचाउनुपर्छ ।” उनले एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने कार्य स्वीकार्य नरहेको समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...