प्रधानन्यायाधीश जबरा निभ्न लागेका बत्ती हुन् : पूर्वअध्यक्ष दाहाल (भिडियाे)

199

काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रहरी हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

सर्वोच्च परिसरमा बोल्दै वरिष्ठ अधिवक्ता दाहालले प्रधानन्यायाधीश जबरालाई ‘निभ्न लागेको बत्ती’को संज्ञा दिँदै बारले कुनै पनि हालतमा मान्यता नदिने बताए । “स्थिति गम्भीर भइसकेको छ । प्रहरी हस्तक्षेप भएको छ । यसलाई बन्द गर्नुपर्छ,” उनले भने,“यो निभ्न लागेको बत्ती हो । उहाँको विपरीत बुद्धिले विनाशकाल आएको छ । प्रहरीमा प्रहरी ल्याउनु कानुनविपरीत हो ।”

वरिष्ठ अधिवक्ता दाहालले न्यायालयको शुद्धीकरणका लागि थालेको शान्तिपूर्ण आन्दोलनमा गृह र सर्वोच्च प्रशासनले दमन गरेको बताए । उनाले आफूहरुलाई दमन गर्न खोजेपनि आन्दोलन नरोकिने उल्लेख गरे ।

 

उनले गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरी बर्बरता बन्द गर्न चेतावनीसमेत दिए । “प्रहरी हटाउनुस् । गृह प्रशासनसँग मिलेर कुनै अप्रिय घटना भएमा प्रधानन्यायाधीश जिम्मेवार हुनेछन्,” उनले अगाडि भने,“आज एउटा गेट बन्द छ । भोलि अर्को गेट पनि बन्द हुने अवस्था आउँछ त्यसैले सहज बहिर्गमन गर्नुस् ।”

Share This:
सम्बन्धित खबर
Loading...