महाधिवेशनमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौँ : महासचिव पोखरेल

292

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आगामी १०औँ राष्ट्रिय महाधिवेशनमा कुनै प्यानल नबन्ने बताएका छन् ।

महाधिवेशन जनपरिचालनबारे बुधबार बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले सहमतिमै नेतृत्व चयन हुने बताए ।

“प्यानल बन्ने छैन । लिस्ट बाँडिने छैन । यो ग्यारेन्टी हो । प्यानल बन्दैन,” उनले भने,“व्यक्तिगत हिसाबले कोही प्रतिस्पर्धा गर्ने भए गर्नुहुन्छ ।”

उनले एमालेको महाधिवेशनमा जनताको उपस्थिति भौतिकमात्रै नभइ एमालेले लिएको अभियान सफल बनाउनका लागि हुने बताए ।

“एमालेलाई कसैले कमजोर नठाने हुन्छ अहिलेको महाधिवेशन आगामी निर्वाचनलाई लक्षित गरेर पनि तयारी गरिएको छ,” उनले भने,“एमालेलाई अझ सशक्त बनाएर लैजानुपर्छ ।”

पोखरेलले देशको राजनीति अहिले दुई ध्रुवमा ध्रुवीकरण भएको भन्दै एउटा ध्रुवको नेतृत्व केपी ओलीले गरेको बताए । अर्को ध्रुवको नेतृत्व सत्ता गठबन्धनले गरेको भन्दै उक्त गठबन्धन विचार र सिद्धान्तहीन भएको आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...