इजलास फर्किने न्यायाधीशलाई शम्भु थापाको आग्रहः ‘प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानुभएको छ कि छैन ?’

341

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भ्रष्टाचारको प्रमाणसहित महाअभियोग दर्ता गर्न भनेका हुन् । उनले सत्ता गठबन्धन दलको बैठक बसेको जानकारी पाएको बताउँदै अब महाअभियोगमा अघि बढ्न भनेका हुन् ।

उनले आन्दोलन टुंगोमा नपुगी इजलास फर्किने न्यायाधीशहरुमाथि पनि प्रश्न उठाए । “जो हतार हतार इजलासमा बस्नुहुन्छ, तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानुभएको छ कि छैन ?” यदि यो नसोधी जबराले तोकेको इजलासमा बस्ने हो भने उनीहरु पनि दूषित हुने थापाले बताए ।

उनले प्रधानन्यायाधीशसहित आफूहरु पनि सम्पत्ति छानबिनमा सहभागी हुन तयार रहेको बताए ।

“सर्वोच्चका न्यायाधीशहरु न्यायको खरिद बिक्री गर्ने, राजनीतिक नियुक्ति लिएको कुरा उठाउनुस् । हाम्रो वकिल बिचौलियाका कुरा हरिकृष्ण कार्कीको प्रतिवेदनमा छ,” उनले भने,“प्रधानन्यायाधीशज्यू आउनुस् । सबै भ्रष्टाचार छानबिन गरौँ । बारका अध्यक्ष सबैमाथि छानबिन गर्न तयार छौँ ।”

सभाअघि कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...