जानकी मेडिकल कलेजमा कर्मचारीद्वारा तालाबन्दी

198

जनकपुरधाम । कलेज प्रशासनसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनरत कर्मचारीले जानकी मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।

सम्झौता कार्यान्वयन गर्न दिएको १५ दिनको अल्टिमेटमको म्याद सकिएपछि शैक्षिक क्रियाकलाप ठप्प पार्ने भन्दै कलेजको विज्ञान संकार्यतर्फ ताला लगाएका हुन् ।

कलेजमा वर्षौँदेखि भइरहेको अन्याय र श्रमशोषण सम्बन्धमा सम्बन्धित सबै निकायलाई पटक–पटक अवगत गराइरहँदा समेत विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्न बाध्य भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक कुलदीप साहले बताए ।

कर्मचारी, चिकित्सक र फ्कल्टी र सञ्चालकबीच तलबभत्ता, सञ्चयकोष, दसैँ खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कात्तिक ३० गतेभित्र कार्यान्वयन नभए मेडिकल कलेजको शैक्षिकलगायत सम्पूर्ण क्रियाकलाप ठप्प पार्ने आन्दोलनरत कर्मचारीले चेतावनी दिएका थिए ।

कलेज प्रशासन र कर्मचारीबीच २०७५ फागुन १४, २०७६ जेठ ८ र २०७७ भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा २०७७ मंसिर १३ गते भएको सम्झौता कलेजले कार्यान्वयन नगरेर अकारण कर्मचारी निष्कासित तथा स्पष्टीकरण काटिएको विरोधमा कलेजका कर्मचारीहरु कुलदीप साह र जानकीशरण यादव आमर अनशनसमेत बसेका थिए ।

तर, सम्झौता कार्यन्वयन गर्ने लिखित सहमतिपछि उनीहरुले अनशन तोडेका थिए । ती लिखित सम्झौता कार्यान्वयन गर्न कर्मचारीले माग गर्दै आएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...