नेपाल बन्द (अपडेट): विप्लव समूहका ८६ जना कार्यकर्ता पक्राउ

413

काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ ।

अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारी साधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औधोगिक क्षेत्र र व्यापार व्यवसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

यसैबीच सवारी साधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

भाडाका ठुला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारी साधन सञ्चालनमा कुनै प्रभाव देखिएन ।

उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्यवृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

अहिले यातायातका सवारी साधन सामान्य रुपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...