प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ, नत्र न्यायालयमा सुधार आउँदैन : चण्डेश्वर श्रेष्ठ

160

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएपछि मात्रै न्यायालयमा सुधार आउने बताएका छन् ।

मंगलबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिएपछि मात्रै न्यायालयमा सुधार आउने बताएका छन् । “प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य छ । उहाँले राजीनामा दिएपछि मात्रै न्यायालयमा सुधार आउँछ,” उनले भने ।

उनले छिट्टै तेस्रो चरणको आन्दोलन घोषणा गरिने बताए । “हामीले तेस्रो चरणको आन्दोलन गर्ने तयारीमा छौँ,” उनले भने,“अब आन्दोलनमा उहाँको सम्पत्ति खोज्ने र विशेष अदालतमा हुँदा गरेका कामको पनि पर्दाफास गर्छौँ ।”

अध्यक्ष श्रेष्ठले बारले सर्वोच्चका १९ जना न्यायाधीशहरुसँग छलफल गर्ने र त्यसपछि आन्दोलनका कार्यक्रम तग गरिने बताए ।

यस्तै, वरिष्ठ अधिवक्ता सविता बरालले आफूहरुका कारण नभइ प्रधानन्यायाधीशका कारण न्यायमा अवरोध भइरहेको पनि बताइन् । नेपाल बारले न्यायालय शुद्धीकरणको अभियान थालेको उनले बताइन् । उनले गृहमन्त्री बालकृष्ण खाणको भनाइप्रति आपत्ति समेत जनाइन् ।

“गृहमन्त्रीले बारको आन्दोलनमा वाइसिएल घुसेका छन् भन्नुभयो भन्ने सुनियो । कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना र कमल कोइराला वाइसिएल हुन् ?” उनले प्रश्न गरिन् ।

वरिष्ठ अधिवक्ता गुणनिनि न्यौपानेले जनताको भरोसा जित्न नसक्ने न्यायालयको काम नरहेको टिप्पणी गरे । उनले नागरिकले न्यायाधीश जबरालाई बर्खास्त गरिसकेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...