सर्वोच्च अदालतको प्रांगण रणभूमि भइसक्यो : दमननाथ ढुंगाना

461

काठमाडौँ । वरिष्ठ अधिवक्ता एवन् पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालतको प्रांगण रणभूमिसरह भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चकै न्यायाधीशहरु र नेपाल बार एसोसिएसनले देशभर आन्दोलन चर्काएका बेला वरिष्ठ अधिवक्ता ढुंगानाले सरकार, राजनीतिक दल र मानव अधिकार आयोगसमेत मौन बस्दा अदालत प्रांगण रणभूमि बनेको बताएका छन् ।

उनले सरकार र राजनीतिक दलहरुकै मौनताकै कारण प्रधानन्यायाधीश जबरा ढुक्क देखिएको बताएका छन् । “सरकार हस्तक्षेप गर्दैन, सुरक्षा दस्तामात्र पठाउँछ,” उनले ट्विटरमा लेखेका छन्,“सर्वोच्च अदालतको प्रांगण रणभूमिसरह भइस्क्यो ।”

उनले अदालतको विवादबारे राष्ट्रिय मानव अधिकार आयोगसमेत मौन बसेको आरोप लगाए । “मानव अधिकार आयोगको बोली फुट्दैन , उसका मुद्दा पनि त्यहाँ छन्,” उनले भने,“प्रधानन्यायाधीश पनि कम ढुक्क हो र ? यो कृतज्ञा सरकार र गठबन्धन महाभियोग जान्दैन ।”

Share This:
सम्बन्धित खबर
Loading...