काठमाडौँबाट नेपाल बन्द गराउँदै हिँडेका विप्लव समूहका ६ जना पक्राउ

214

काठमाडौँ । नेपाल बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौँ जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङसहित ६ जना छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्ध मंगलबार सो समूहले नेपाल बन्द गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...