प्रचण्डले वकिलहरुको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए : अधिवक्ता न्यौपाने

266

काठमाडौँ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशन र षड्यन्त्रअनुसार अहिलेको गतिविधि भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,“प्रचण्डले वकिलहरुको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए । पुष्पकमल दाहालको कब्जामा अदालत थिएन, त्यही भएर उनले अहिले अदालतमा बन्दुक पड्काए । नेपाललाई सिक्किम र अफगानिस्तान बनाउने योजनामा प्रचण्ड छन् । अब टालटुले काम नगरौँ । कार्पेटमुनिको सबै फोहोर फालौँ । नेपाली जनता अब सडकमा आउनुपर्छ । यसको विकल्प छैन ।”

उनले नागरिकलाई चाहिने सबैभन्दा महत्वपूर्ण दुई निकायमा अदालत र अस्पताल भएको उल्लेख गरे । न्यायाधीशहरुले बेन्च बहिस्कार गर्नु यो व्यवस्थाको असफलताको पराकाष्ठ भएको पनि उनको दाबी छ ।

“अब नेपाल परिवर्तनको संघारमा पुगेको छ । नक्कली व्यवस्था, नक्कली प्रधानमन्त्री, नक्कली वकिलहरुको विरुद्धमा अब जनता आन्दोलित हुनुपर्छ,” उनले भने,“अदालतमा प्रचण्डका कार्यकर्ता छिरे । चोलेन्द्र शमशेरको राजीनामाको गरिएको छ, उता प्रचण्डले चितवनमा भाषण गरे–छिटो नागरिकता विधेयक आउँछ भनेर । चोलेन्द्रले राम्रो निर्णय गरेका छन् । माधव नेपाल र बाबुरामलाई मुद्दा जिताउन सकिँदैन भनेको कारणले यो आन्दोलन सुरु भएको हो । हिजो लोकमानले क्यान्टोनमेन्टको फाइल खोल्न खोजेपछि उनलाई हटाइयो । हामी त भन्छौँ–पञ्चायतकालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ । सेटिङ नमिलेपछि अदालतलाई बन्धक बनाउन पाइँदैन । यो व्यवस्था असफल भयो ।”

Share This:
सम्बन्धित खबर
Loading...