समाज रुपान्तरणका लागि फाल्गुनन्दको उच्च योगदान : उपराष्ट्रपति पुन

188

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रगतिशील सामाजिक अभियानकर्मी फाल्गुनन्दले चालेको कदम र दिएका उपदेश आजका दिनमा व्यवहारिक हुँदै आएको बताएका छन् ।

राष्ट्रिय विभूति। समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्त्रीको अवसरमा शुभकामना सन्देश दिँदै उनले छोरा समान छोरीलाई शिक्षा र अंश दिनुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनका वस्तु प्रयोग गर्नुपर्ने जस्ता धाराणा ल्याएर समाज सुधारमा योगदान गरेका फाल्गुनन्दले नेपाली समाज रुपान्तरणमा उच्च योगदान दिएको बताएका छन् ।

किरात धर्मावलम्बीका प्रवर्तकमध्येका एक फाल्गुनन्दलाई आज संसारभरका किरात समुदाय र आम नेपालीले सम्मानका साथ स्मरण गरिरहेको उल्ले गर्दै उपराष्ट्रपतिले फाल्गुनन्दले देखाएको सत्मार्गमा लाग्दा देश र जनता सबैको अझै उत्थान हुने विश्वास व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...