न्यायाधीशहरुको सम्पत्ति छानबिन हुनुपर्छ : वरिष्ठ अधिवक्ता भण्डारी

198

काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायाधीशहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा सहभागी हुने क्रममा मंगलबार भण्डारीले यसका लागि स्वतन्त्र छानबिन आयोग गठन हुनुपर्ने बताए ।

“सबै न्यायाधीशको सम्पत्ति छानबिन गरौँ । पूर्वन्यायाधीशको पनि गरौँ । स्वतन्त्र नागरिक आयोग बनाउने एजेन्डा नेपाल बारले बोक्नुपर्छ,” उनले भने ।

उनले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वमा गठित समितिको प्रतिवेदन लागु हुनुपर्ने बताए ।

जबराले दिएको अन्तर्वार्ता नै उनलाई महाभियोग लगाउन पर्याप्त आधार भएको उनले बताए ।

“जबराले आफूलाई संवैधानिक परिषदको वरिष्ठ सदस्य भनेका छन् । वरिष्ठ सदस्यको व्यवस्था नै छैन । संवैधानिक जानकारी नभएकाले पनि महाभियोग लगाउनुपर्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...