बिहीबारदेखि उपत्यकामा सबै अदालतका इजलास २ घन्टा बहिष्कार गर्ने बारको निर्णय

254

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पेलेर अघि बढेपछि नेपाल बार एसोसिएसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घन्टा बहिस्कार घोषणा गरेको छ ।

बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घन्टा इजलास नजाने घोषणा गरेका हुन् ।

उपत्यकाका तीन वटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदालतमा १० बजेदेखि १२ बजेसम्म बेन्च नजाने निर्णय भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

जबराले आफूखुसी पेसी तोक्क थालेकाले अब कडा आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए । “बार र न्यायाधीशलाई विश्वास नलिइ अघि बढेकाले अब निर्णायक आन्दोलनमा जान्छौँ,” उनले भने,“कडा आन्दोलन नगरी न्यायपालिका सुधार्न सकिँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...