बीमासम्बन्धी ठगीमा संलग्न देखिए कारबाही गर्छौँ : बीमा समिति

261

काठमाडौँ । बीमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बीमा समितिले निर्देशन दिएको छ ।

उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बीमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो ।

समितिमा बीमा व्यवसायसँग सक्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत बीमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात पेस गरी ठगी गर्ने गरेको, कीर्ते कागजात एवम् विवरणका आधारमा बीमालेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका कीर्ते कागजात पेस गरी दाबी भुक्तानीको प्रयास गरेको गुनासा आउन थालेकाले यस्ता क्रियाकलाप नगर्न निर्देशन दिइएको बताइएको छ ।

यस्ता कानुनविपरीतका क्रियाकलापबाट बीमा व्यवसायमा नकरात्मक असर पर्ने र बिमीत तथा लाभग्राहीसमेत पीडित भइ बीमाप्रति जनविश्वास घटनाका साथै यसको साखमा समेत ह्रास आउने भएकाले यस्ता गलत क्रियाकलापमा संलग्न नहुन र संलग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...