बाबुराम भट्टराईले बहिनीको हातबाट लगाए भाइटीका

384

काठमाडौँ । जनता समावादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले आफ्ना दाजुसहित बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गरेका हुन् । टीका ग्रहण प्रश्चात उनले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै जानकारी दिएका हुन् ।

आज तिहारकोे अन्तिम दिन भाइटीका हो । यो दिनमा चेलीले माइतीहरुलाई टीका लगाइदिने र मिठा–मिठा परिकार खुवाउने प्रचलन रहिआएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...