संस्कार र संस्कृति भावी पिँढीमा हस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

226

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल सम्वत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा शुक्रबार दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र संस्कृति संरक्षण गर्नु अपरिहार्य रहेको उल्लेख गरे । नेवार समुदायसभित्रै संस्कृति हराउँदै जान थालेको भन्दै मन्त्री श्रेष्ठले भने,“अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।”

उनले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको बताए । नेपाल सम्वत्‌को अवसरमा सबै जातजातिबीच सद्भाव कायम गर्न प्रेरणा मिल्नुपर्ने उनको भनाइ थियो ।

उनले कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने जनाउँदै भने,“बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...