नेपाल सम्वत्‌ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति भण्डारीको विश्वास

243

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल सम्वत् ११४२’ सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्धट पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

‘नेपाल सम्वत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले नेपाल सम्वत्‌लाई प्रचलनमा ल्याएको उल्लेख गरेकी छन् ।

“साख्वाःले कृषिलाई प्राथमिकता दिएको कुरासमेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवम् परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ,“आदिमकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ । हाम्रा चाडपर्व र यस खालका असल परम्पराले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । सांस्कृतिक एवम् भाषिकरुपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवका रुपमा नेपाल सम्वत् मनाउन सबैमा आह्वान गर्दछु ।”

Share This:
सम्बन्धित खबर
Loading...