नेपाल सम्वत्‌लाई प्रवर्द्धन र व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक : उपराष्ट्रपति पुन

315

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्वत्‌लाई प्रवर्द्धन गर्न र व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् ।

नेपाल सम्वत ११४२का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले आजको दिनले नेपाल सम्वत्‌को प्रवर्द्धन र व्यवहारिक प्रयोगका लागि सबैलाई प्रेरण दिने विश्वास व्यक्त गरेका छन् ।

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन् । महान् चाड तिहारले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु,” उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रगतिशील सामाजिक अभियन्ता तथा नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल सम्वत नेपालको मौलिक राष्ट्रिय संवत रहेको उनले स्मरण गरेका छन् ।

मौलिक चाडपर्वहरु नेपाली संस्कृतिको रुपमा विकास भइरहेको बताउँदै उपराष्ट्रपति पुनले नेपालका सबै खाले चाडपर्वहरुको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...