प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

254

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचार्यले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रदेशसभामा विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर, मुख्यमन्त्री आचार्यले प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।

आचार्यले अहिलेको अवस्थामा दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । आफ्नो सरकारमाथि भएको आलोचनालाई सकारात्मक रुपमा लिने भन्दै आचार्यले आगामी सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर काम गरेको उनले बताए ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी)मा गएपछि एमाले ४१ जनामा सीमित भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...