त्रिभुवन विमानस्थलमा अब १२०० रुपैयाँमै पिसिआर परीक्षण

93

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण (आरटी–पिसिआर) गरेबापत २ हजार रुपैयाँ लिँदै आएकामा प्रयोगशालाले अब १ हजार २०० यस रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले आइतबार विमानस्थल परिसरभित्र पिसिआरका लागि नमुना संकलन गर्दै आएका स्टार अस्पताल, टिजी मेडिसिन डिस्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाइग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड डाइग्नोष्टिक, क्लिपनकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्र लेखी आइतबारदेखि लागु हुनेगरी यात्रुबाट १ हजार २०० रुपैयाँभन्दा बढी नलिन निर्देशन दिएका हुन् ।

अन्तर्राष्ट्रिय गन्तव्य उड्नुअघि अधिकांश मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर कोरोना भाइरस नेगेटिभ आरटी–पिसिआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागु गरेकाले नेपालले ४८ घन्टाअघिको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । यसका लागि विमास्थलनको बिल्डिङमा ८ वटा प्रयोगशालाले नमुना संकलन गर्दै आएका छन् ।

ती प्रयोगशालाले श्रम गन्तव्यलगायतक मुलुकमा जाने नेपालीहरुबाट मनपरी शुल्क लिएको गुनासो अत्यधिक आएपछि शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले छड्के अनुगमन गरेका थिए । त्यसक्रममा विदेशिने प्रत्येक यात्रुबाट आरटी–पिसिआरका लागि २ हजार रुपैयाँ लिने गरेको खुलेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...