विद्युतीय सवारी साधनको प्रवर्द्धनमा ऊर्जामन्त्री भुसालको जोड

282

काठमाडौँँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्‌को उपयोगमा जोड दिनुपर्ने बताएकी छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झन्डै २ अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गरिन् । बढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न विद्युत्‌को उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।

उनले उद्योग, यातायात र घरयासी प्रयोजनमा विद्युत्‌को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसको राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारण राखिन् । मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्छ भनिन् ।

Share This:
सम्बन्धित खबर
Loading...