खुकुरी प्रहारबाट चिचिला गाउँपालिकाका दुर्गाबहादुर गुरुङ गम्भीर घाइते

680

खाँदबारी । सङखुवासभाको चिचिला गाउँपालिका–२ दिदिङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा चिचिला गाउँपालिका–२ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको, आँखा र शरीरको विभिन्न भागमा चोट लागेको सुवेदीले जानकारी दिए ।

गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ ।

खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...