काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डलेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नेकपा (एमाले)का तर्फबाट धादिङ क्षेत्र नम्बर १ बाट विजयी बनेका पाण्डे बागमती प्रदेशसभाको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् । पाण्डे एमाले विभाजन भएपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा लागेका थिए ।
पाण्डेले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका १–१ जनालाई समावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।