प्रधानन्यायाधीश जबराको इजलासमा २८ मुद्दा

269

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा पेसी तोकेका छन् ।

बुधबार आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दा आफ्नो इजलासमा राखेका छन् ।

सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिस्कार गरेपछि प्रधानन्यायाधीश जबराले भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाइ सुरु गरेका छन् ।

बिहीबार प्रधानन्यायाधी जबराले प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एन्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागुऔषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागुऔषध मुद्दा तथा उत्प्रेरणसहितको माग गरिएको अन्य मुद्दाहरु रहेका छन् ।

अन्य न्यायाधीशहरुले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौँ भने महाअभियोग लगाएर हटाउ भन्दै चुनौती दिइरहेका छन् ।

प्रधानन्यायाधीश जबरामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । राजीनामो माग गर्दै न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका छन् । यस्तै, नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...