कोभिड–१९ विरुद्धको खोपमा कमी नहोस् : प्रधानमन्त्री देउवा

89

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिएका छन् ।

बिहीबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन निर्देशन दिएका हुन् । चैत्रभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्नुपर्ने उनको भनाइ थियो ।

सरकारले कोरोनाविरुद्धको खोपको निःशुल्क लगाउने क्रम निरन्तर हुनुपर्ने भन्दै कमी भएमा दातासँग सहयोग माग्न, नभए आफैँ खरिद गर्न उनले निर्देशन दिए ।

“कोरोना खोपको कमी नहोस्, चैत्रभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ,” उनले भने,“सबैलाई निःशुल्क खोप लगाउने हो । अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ ।”

बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र र स्वास्थ्य मन्त्रालयका तर्फबाट एक÷एक वटा प्रस्तुति गरिएका थिए । मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्था, खोपको स्टक र पाइपलाइनबारे प्रस्तुति गरेको थियो । त्यस्तै, कोरोना संक्रमणको जनशक्ति व्यवस्थापन र दरबन्दीलाई सुदृढ गर्नेबारे बैठक केन्द्रले प्रस्तुति गरेको थियो ।

अहिलेसम्म कुल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसेका छन् भने दुवै डोज खोप जम्म २२ प्रतिशतले मात्रै लगाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चरणमा फाइज १ लाख डोज आएको र पाइपलाइनमा मोडर्ना थप ४० लाख, फाइजर ४० लाख, चीनबाट थप ४० लाख भेरोसेल, माल्दिभ्सबाट २ लाख तथा क्यानडाबाट पनि थोरै मात्रामा आउने छ ।

Share This:
सम्बन्धित खबर
Loading...