नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व : गृहमन्त्री खाण

114

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।

कांग्रेसको भ्रातृ संगठन तरुण दलले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता टोलीलाई सम्मान गर्न बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन् । उाले नागरिकको जीवन रक्षाकै निम्ति सरकार बनेको र राष्ट्र निर्माण भएको तर्क गरे ।

गृहमन्त्री खा(ाले खेलाडीलाई सरकारले पनि हौसला प्रदान गर्ने बताउँदै अर्को सिजनमा खेलाडीले उपाधि जितेर नेपाल फर्किएमा पदकबाट सम्मान गर्ने उद्घोष गरे । उनले संविधान पालना गर्ने र संविधानको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।

तरुण दलले नेपाली फुटबल टोलीका सम्पूर्ण सदस्य र अफिसियललाई सम्मान गरेको थियो । तरुण दलले खेलाडीलाई २ लाख ६१ हजार बराबरको आर्थिक सम्मान र प्रमाणपत्र प्रदान गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...