प्रधानन्यायाधीश जबराले तोके ११ वटा इजलास

239

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालस तोकेका छन् ।

विवादमा फसेका जबराले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजालस तोकेका हुन् ।

सर्वोच्चको १५ जना न्यायाधीश प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन ।

मंगलबार न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग छलफल गरेका थिए । उक्त छलफलमा आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए । कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने जबराको अडान सुनेपछि न्यायाधीशहरु थप छलफल गरेका थिए ।

उनीहरुले यसबारे आज पनि छलफल गर्दै छन् । न्यायाधीशहरु छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा बस्ने सम्भावना निकै कम छ ।

Share This:
सम्बन्धित खबर
Loading...