काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरुलाई जबाफ दिएका छन् ।
मंगलबार न्यायाधीशहरुसँग प्रधानन्यायाधी जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।
मंगलबार आफूलाई भेट्न पुगेका सर्वोच्च अदालतकै १५ जना न्यायाधीशहरुलाई उनले राजीनामा नदिने जबाफ दिएका हुन् ।
“विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ । विवादमा आएका सबैले दिने हो भने म तयार छु । होइन भने म राजीनामा दिन्नँ । सडकबाट उठेको विषयमा राजीनामा गर्ने हो भने न्यायलय बच्दैन,” उनले भने ।
राजनीतिक नियुक्तिमा भागबन्डाका साथै न्यायिक स्वतन्त्रता र गरिमाविपरीत काम गरेको भन्दै यतिबेला प्रधानन्यायाधीश जबरा चौतर्फी आलोचनाको केन्द्रमा रहेका छन् ।