सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक रुपमा प्रधानन्यायाधीशलाई भेट्दै

251

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्ने भएका छन् ।

न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न उनीहरुले सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । भेटका लागि बिहान साढे ११ बजेको समय तय भएको छ ।

प्रधानन्यायाधीश जबरालाई भेटेरै ‘राजीनामा माग्ने’ समझदारी न्यायाधीशहरुको सोमबारको छलफलमा जुटेको थियो ।

मन्त्रिपरिषद् विस्तारका क्रममा भागबन्डा खोजेको विषयले प्रधानन्यायाधीश जबरा थप अप्ठ्यारोमा पर्दै गएका छन् । सर्वोच्च अदालतका २१ जना न्यायाधीशमध्ये १४ जना न्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् ।

सोमबार १३ जना न्यायाधीशहरु अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश जबराले बोलाएको नेपाल बार एसोसिएसनसहितको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्न सकेको थिएन ।

सोमबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनको बैठकले पनि प्रधानन्यायाधीश जबराले पदबाट ‘तत्काल राजीनामा’ दिनुपर्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...