पाँचथर बस दुर्घटना (अपडेट) : घाइतेमध्ये २ जनाको मृत्यु

288

पाँचथर । पाँचथरको फिदिममा भएको बस दुर्घटनामा दुई जनको ज्यान गएका छ । घाइतेमध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको निधन भएको पुष्टि भए पनि उनीहरुको पहिचान नखुलेको प्रहरीले बताएको छ ।

पाँचथरको सदरमुकाम फिदिमदेखि दमक चल्ने बस निबुखोलबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे दुर्घटना भएको थियो ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ जनाभन्दा बढीको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...