कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडिओको सरुवा

258

काठमाडौँ । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सहसचिव रामकुमार महतोलाई तानेर उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत सहसचिव बाबुराम खतिवडालाई खटाएको छ ।

प्रजिअ महतोको आइतबार गृह मन्त्रालयमा काज सरुवा गरिएको हो ।

सशस्त्र प्रहरीको मनुसमारा बेसक्याम्पमा तास खेलको भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी महतोसहित सर्लाहीका सुरक्षा प्रमुखलाई अन्यत्र सरुवा गरिएको छ । आइतबार एकैदिन सर्लाहीका एसपी सन्तोषसिंह राठोरलाई तानेर उनको ठाउँमा कृष्णप्रसाद प्रसाईंलाई खटाएको छ ।

यस्तै, सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख गंगाराम श्रेष्ठको ठाउँमा भरत खनियालाई खटाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...