प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

274

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।

बैठकमा विभिन्न मन्त्रालयका एजेन्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । साथै आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढीपहिरोले पुर्याएको क्षति र पीडितलाई राहतको व्यवस्थाबारेर निर्णय हुने छ । पछिल्लो समय बाढी र पहिरोका काराण मानवीय र भौतिक क्षति भएपछि सरकारले राहत प्याकेज घोषणा गर्ने तयारी गरेको हो ।

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोबाट ११७ जनाको ज्यान गएको छ भने अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष , ३५ महिला र २५ जना बालबालिका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...