दलहरुबीच सहमति नभएसम्म एमसीसी पास हुन सक्दैन : मन्त्री खड्का

323

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले संसद्‌मा रहेका दलहरुबीच साझा सहमति नभएसम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने बताएका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सबै दल र पक्षको सहमतिपछि मात्र एमसीसी संसद्‌बाट पास सम्भव रहेको तर्क गरे ।

खड्काले त्यसकै लागि सबै दलसँग साझा सहमतिका लागि सरकारले छलफल अघि बढाइरहेको पनि तर्क गरेका छन् ।

उनले एमसीसी संशोधन गरेमा अमेरिकाले नमान्ने कुरा यसअघि न्युयोर्कमा गएका बेला बताएका थिए ।

केही शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेकाले पास गर्नुपर्ने बताउँदै केही पक्षले बखेडा झिक्ने प्रयास गरिरहेको बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...