कांग्रेस महामन्त्री कोइरालाको टोली भारत जाँदै

224

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालासहितको टोली भारत जाने भएको छ ।

सहमहामन्त्री प्रकाशशरण महतको टोली फर्किएको केही दिनमै महामन्त्री शशांक कोइरालाको टोली भारत जान लागेको हो ।

कोइराला नेतृत्वको टोली आज काठमाडौँबाट विमानमार्फत भैरहवा र त्यहाँबाट मुम्बइ प्रस्थान गर्ने कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

स्वकीय सचिव तिवारीका अनुसार टोलीमा पूर्वमन्त्रीद्वय दीपक खड्का र दीपक गिरी पनि रहनेछन् ।

मुम्बइमा कांग्रेस नेता कर्मा घलेलाई भेट्ने कार्यक्रम रहेको छ । घले मुम्बइमा उपचाररत छन् ।

यस्तै, डा.कोइरालाको टोली सोमबार दिल्ली हुँदै काठमाडौँ फर्किने छ । फर्किनुअघि दिल्लीमा उपचाररत नेता प्रदीप गिरीलाई भेट्ने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...