काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ ।
पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट दैलेखका थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत छन् ।
दैलेखबाट प्रदेशसभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
एकीकृत समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको छ ।
यस्तै, प्रदेश सहइञ्चार्जको जिम्मेवारी चन्द्रबहादुर शाही, हंश साही, शेरबहादुर केसीले पाएका छन् भने ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।