मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु

290

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । घिमिरे सूर्योदय–४ श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायीसमेत हुन् ।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेलाई याङ्लेखर्कमा पुगेपछि स्वास्थ्य समस्या देखिको थियो । उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा मंगलबार बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए ।

गत २८ असोजमा घिमिरेसहित उनका जेठा दाजु एकराज घिमिरे, माइला दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, विराटनगर महानगरपालिका–४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र सङ्खुवासभा चैनपुर नगरपालिका–६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए ।

घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच दिनको पैदलमा पर्दछ । सङ्खुवासभाको मकालु आधार शिविरमा गत वर्ष खाँदबारी नगरपालिका–१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...