साफ उपविजेता टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

115

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१को उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँ दिने उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साफमा दोस्रो बनेको टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए । उनले खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई ३ लाख दिने निर्णय भएको बताए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । तर, फाइनलमा भारतसँग ३–० गोलले पराजित भएको नेपाल उपविजेतामा सीमित रह्यो ।

नेपाली राष्ट्रिय टोली सोमबार बिहान मात्र नेपाल फर्किएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...