एमालेको वडा अधिवेशन देशभर एकैदिन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

290

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले देशभरका सबै वडाहरुमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ ।

कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा एकैदिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडा अघिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो ।

एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म बुटवलमा हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...