ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

289

खाँदबारी । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका–१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेका ट्राफिक प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तिनजुरेमा दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए ।

ट्याक्टर सडकबाट तीन सय मिटर तल खसेको थियो । दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...