नाम को उच्चस्तरीय बैठकमा सहभागी भएर परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता

95

काठमाडौँ । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा.नारायण खड्का आज स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएलगत्तै बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा.खड्काले बताए ।

असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा.खड्काले असोज २५ गते सम्बोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेको बढ्दो जातीय तथा अन्तर राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजीलगायत विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिए ।

बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य संकट र कोभिड-१९ को महामारीले ल्याएका चुनौती जस्ता विषयसमेत उठान गरेको बताए ।

साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रुपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगिकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिए ।

गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजनका परराष्ट्रमन्त्री निकोल सेलाकोविक र जेहुन ब्यारामभको निमन्त्रणामा परराष्ट्रमन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री डा.खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए । बेलग्रेडमा यही २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...