पछिल्लाे २४ घन्टामा थपिए ७९२ संक्रमित, १४ जनाकाे मृत्यु

काेराेना अपडेट

236

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ७९२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ६० आरटी पिसिआर र २ हजार ५५९ एन्टिजेन गरी कुल ९ हजार ६१९  जनामा परीक्षण गरिएकोमा ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार ५५४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १३ हजार ४५९ जना होम आइसोलेसनमा, १ हजार ९५ संस्थागत आइसोलेसनमा र २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३०६ जना र भेन्टिलेटरमा १०२ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट ९१० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ । निको हुने दर ९६.८ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...