डिपाए चम्किँदा जिब्राल्टारको पोस्टमा नेदरल्यान्ड्सको आधा दर्जन गोल

302

काठमाडौँ । बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएको खेलमा नेदरल्यान्ड्सले विश्वकप तथा युरोपेली छनोट खेलमा जिब्राल्टारको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

घरेलु मैदानमा मेम्पिसले दुई गोल र दुई असिस्ट उपलब्ध गराउँदा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित हासिल गरेको हो ।

नेदरल्यान्ड्सको जितमा डिपाएले दुई गोल गर्दा भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक गोल गरे । यसअघि मेम्पिसले पेनाल्टी चुकाउन पुगेका थिए । जसका कारण उनी ह्याट्रिक गर्न असफल भए ।

जितसँगै समूह ‘जी’मा नेदरल्यान्ड १९ अंक जोडेर शीर्षस्थानमा छ । पराजित जिब्राल्टार अंकबिहीन हुँदै पुछारमा छ ।

सोही समूहको अर्को खेलमा टर्कीले लात्भियालाई २–१ ले तथा नर्वेले मोन्टेनग्रोलाई २–० ले पराजित गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...