स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेसन्स लिगको उपाधि

360

काठमाडौं । काठमाडौँ । युइएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरामगन गर्दै फ्रान्सले स्पेनलाई २–१ गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेञ्जेमा नायक रहे । स्पेनको लागि माइकल ओयर्जबालले १ गोल गरे ।

खेलमा अग्रता भने स्पेनले बनायो । कप्तान सर्जीयो बुस्केटको पासमा ६४औँ मिनेटमा माइकलले सुरुवाती गोल गरे ।

खेलको ६६औँ मिनेटमा बेञ्जेमाले एम्बाप्पेको पास सदुपयोग गर्दै गोल गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एम्बाप्पेले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।

यसअघि भएको पहिलो खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गर्‍यो ।

Share This:
सम्बन्धित खबर
Loading...