काठमाडौँ । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् ।
सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई मन्त्री नियुक्त गरेका हुन् । विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने स्रोतले जानकारी दिएको छ ।
डोबाटेको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।
संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसद्लाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्उ रहेको गण्डकीमा अहिले ११ जना मन्त्री छन् ।
गत साउनमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री पोखरेलले शपथका लागि तयारी गर्दै गरेका डोबाटेलाई मन्त्री नबनाएर उनको स्थानमा बिन्दुकुमार थापालाई मन्त्री बनाएका थिए , जसको चर्को आलोचना भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने निर्णय गरिएको हो । प्रधानमन्त्री देउवा एक कार्यक्रमको सिलसिलामा आइतबार पोखरा गएका थिए ।