सन्धिखर्क बजारमा चरम बेतिथी : बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

89

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले दसैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ । नगरभित्रका हरेक वडाका गाउँगाउँमा गरिएको अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालित धेरै पसलहरू भेटिएका छन् ।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नै नभएको पाइएको सन्धिखर्क नगरपालिकाका अनुगमन अधिकृत जीवनारायण आचार्यले जानकारी दिए । खुद्रा पसलहरूमा पेट्रोल मात्रै हैन बिनाइजाजत मदिरा पनि राखेको पाइयो’, आचार्यले भने, ‘दर्ता बिना सुर्तिजन्य पदार्थको बिक्री पनि व्यापक भेटियो ।

“सम्झाइबुझाई गरी प्रकृयामा जान निर्देशन दिइएको छ ।” अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्रीहरु धेरै भेटिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कृष्णप्रसाद आचार्यले बताए । म्याद नाघेका र सडेगलेका सामग्रीहरू जफत गरिएको उनले जानकारी दिए । नगरपालिकामा करिब २०० पसलमा नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थानीय बिनाइजाजतको घरेलु मदिरा पनि फेला परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...