ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

362

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ चेवामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–५ लेलुवाका २५ वर्षीय मणी तामाङ रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

प्र १०२००३ त १२२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक तामाङको उपचारका क्रममा गएराति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको खत्रीले बताए ।

दुर्घटनामा परेर घाइते भएका सहचालक सोही स्थानका १९ वर्षीय महेन्द्र तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए । खाँदबारी–२ चेवाको भित्री सडक खण्डमा शुक्रबार चेवाबाट चारबरतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकदेखि करिब २० मिटर तल खसेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...