अमिताभ बच्चन नेपाल नआउने, डुब्लिकेटले अभिनय गर्ने

131

काठमाडौँ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा ठप्पझैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दै छ । बिहीबारबाट फिल्म हलहरू पुनः सञ्चालनमा आएका छन् । कोरोना भाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दासमेत फिल्म हल भने खुल्न सकेका थिएनन् । हल पुनः सुचारु भएसँगै फिल्मकर्मी उत्साहित भएका छन् नै साथमा बलिउड फिल्म ’उचाइ’को छायांकनले पनि ।

अनुपम खेर, बोमन इरानी र परिणिती चोपडासहितको एक सय ८० जनाको टिम नेपालको हिमाली सुन्दरतालाई आफ्नो फिल्ममा कैद गरिरहेका छन् । यद्यपि फिल्मका मुख्य अभिनेतामध्येका एक अमिताभ बच्चन भने नेपाल नआउने भएका छन् । उनको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकले नेपाल आउने अनुमति नदिएपछि उनी नेपाल नआउने भएका हुन् ।

कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका अमिताभलाई हिमालमा चिसो बढी हुने भएकोले चिकित्सकलाई फिल्म सुटिङमा नजान सुझाव दिएका हुन् । फिल्ममा अमिताभको डुब्लिकेट राजा चौधरीले काम गरिरहेका छन् । उनको ’क्लोज सट’ भने मुम्बईमै प्रविधिको प्रयोग गरेर खिच्ने निर्माण पक्षको तयारी छ ।

अमिताभ नआउने भएसँगै उनीसँगै सिन रहेका डेनी डेन्जोङ्पा पनि नआउने भएका छन् । बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइने छ । अमिताभले सुरजसँग पहिलो पटक काम गर्दै छन् ।

Share This:
सम्बन्धित खबर
Loading...